छ्त्रदेव गाउँपालिकको वार्षिक बजेट सार्बजनिक स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रलाई विशेष प्राथमिकता

असार १०,अर्घाखाँची
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको नवौ गाउँ सभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठबाट जारी बजेट वक्तव्यमा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि रू ६१ करोड ३३ लाख ६१ हजार ८० रूपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । जस मध्य चालु खर्च तर्फ रू ३८ करोड ८६ लाख २६ हजार र पूँजिगत तर्फ रू २२ करोड ४७ लाख ३५ हजार ८० रूपैयाँ विनियोजन भएको छ ।

गतबर्ष भन्दा यो बर्ष वजेट केही फरक रुपमा ल्याईएको हो । बजेटमा कोरोना भाईरस (Covid-19) का कारण सृजित वर्तमान सामाजिक परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रलाई विशेष प्राथमिकता दिईएको छ । बजेटमा पुर्वाधार विकास, सामाजिक विकास तथा आर्थिक विकासका महत्वपुर्ण योजनाहरु पनि प्राथमिकताका साथ समावेश गरिएको छ । गाउँपालिका स्तरीय विधेयक समितिका संयोजक तेजप्रसाद खनालबाट आर्थिक विधेयक-२०७७ र विनियोजन विधेयक-२०७७ पेश भएको र सभा मार्फत स्विकृत भई ऐनको रूप पारित भएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले घोषणा गर्नु भएको थियो ।

गाउँ सभामा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक कमल पौडेल, आर्थिक समितिका संयोजक राजकुमार श्रेष्ठ, पुर्वाधार विकास समितिका संयोजक प्रकाशराज पन्थी, सार्वजनिक सेवा प्रवाह तथा सुशासन समितिका संयोजक राजेशकुमार पन्थी र लेखा समितिका संयोजक बालकृष्ण श्रेष्ठबाट आ-आफ्ना विषयगत समितिका प्रतिवेदन पेश गरी सभाका अध्यक्ष श्रीमान लेखनाथ पोख्रेललाई हस्तान्तरण गर्नु भएको थियो । सभा प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालको संचालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.