शितगंगाको निति तथा कार्यक्रम :सडक प्राथमिकतामा

असार १०,अर्घाखाँची- कृषिलाई मुख्य प्राथमिकता दिदै शितगंगा नगरपालिकाको सातौ नगरसभाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७७/७८ को लागि शितगंगा नगरपालिकाले ८४ करोड बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । आगामी बर्षको बजेटमा मुख्य प्राथमिकता नगरपालिकाका २ वटा मुख्य बाट सडा अमराइ जुकेना सडक र भेडामारा शिमलपानी सडकका लागि २ /२ करोड बजेट बिनियोजन गरिएको छ ।

जनप्रतिनिधि र नगरपालिकाको कर्मचारी,पत्रकार लगायतको उपस्थित रहेको नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले विश्व कोरोना भाइरसको महामारीमा जुधिरहेको संकटको अवस्थामा पूर्वधार निर्माणलाई निरन्तरता दिदै नगरपालिकालाई कृषि, सडक र पूर्वाधारको क्षेत्रमा नगरलाइ बिकास गरीने बताउनु भयो । शितगंगा नगरपालिकाले आगामी बर्ष कृषिलाइ समेत बिषेस प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपालनका लागि १ करोड ५० लाख बिनियोजन गर्ने कार्यक्रममा प्रस्तुत गरिएको थियो । साथै आगामी बर्ष बैदेशिक रोजगारबाट आएका युवाहरुलाई कृषि क्षेत्रमा लाग्ने गरि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ । यस्तै नगरपालिकाले खरको छानो मुत्त अभियानको लागि २ करोड रकम छुट्टाउने भएको छ । यस्तै मन्द्रे शुवर्णखाल सडम स्तरउनातीको लागी २० लाख, हर्रे भालुवाङ सडकका लागि २० लाख शिक्षा तथा स्वास्थयमा २० लाख बजेट बिनियोजन गरिएको छ । source:kamanadaily

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.