शितगंगामा थप एकजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५१ पुग्यो, ४८ जनाले कोरोनालाई जिते ,एकैदिन २३६ जना डिस्चार्ज


श्याम घिमिरे
असार ११ अर्घाखाँची –

जिल्लाको शितगंगा नगरपालिकामा थप एकजनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार गरीएको परीक्षणमा शितगंगा नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टिभएको हो । यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २५१ पुगेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । हाल सम्म संक्रमित हुनेहरुमा सन्धिखर्क नगरपालिकाका ३९ जना शितगंगा नगरपालिकाका ४५ जना, भूमिकास्थान नगरपालिकाका ७३ जना,मालारानी गाउँपालिकाका ६७ जना, छत्रदेव गाउँपालिकाका १८ जना र पाणिनी गाउँपालिकाका ९ जना गरि जम्मा २५१ जना रहेका छन ।

यता जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका ४८ जना कोरोना संक्रमितहरु निको भएका छन । मंगलवार साँझसम्म सन्धिखर्क नगरपालिकाबाट २९ जना शितगंगा नगरपालिकाका १५ जना, छत्रदेव गाउँपालिकाका १ र पाणिनी गाउँपालिकाका ३ जना गरि जम्मा ४८ जना कोरोना भाईरबाट निको भएका स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म कोरोना भाईरसका कारण भुमिकास्थानमा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी २ जनाको ज्यान गएको छ ।

यता जिल्लामा भारतबाट आएका १५ सय भन्दा धेरै व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेका छन । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा बुधबार दिउँसो ३ बजे सम्म १५ सय ३७ जना व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जसमध्ये सन्धिखर्क नगरपालीकामा १५९ जना, शितगंगा नगरपालीकामा ४११ जना, भूमिकास्थान नगरपालीकामा ३१६ जना, छत्रदेव गाउँपालीकामा २७९ जना, मालारानी गाउँपालीकामा ३११ जना र पाणिनी गाँउपालीकामा ६१ जना रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा बिभिन्न पालीकाको क्वरेन्टीनबाट २३६ जना डिस्चार्ज भएका छन भने ८ जना थपिएका छन । ६ वटा स्थानिय सरकारले निर्माण गरेका २ सय ४३ स्थानका क्वरेन्टीनमा ५१ सय ३ वटा बेड संख्या रहेका छन । यता कोरोना पोजेटिभ देखिएका मध्ये २५१ जना मध्ये २ सय जनालाई बिभिन्न स्थानमा रहेका आईसोलेशन स्थानमा राखीएको छ, उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.