७१ करोड ६२ लाखको विनियोजन बजेट सार्वजनिक गर्दै भूमिकास्थान नगरपालिकाको सातौ नगरसभा सम्पन्न

असार १०, अर्घाखाँची-

भूमिकास्थान नगरपालिका अर्घाखाँचीले आ.ब.२०७७/०७८ का लागि कुल बजेट रु.७१ करोड ६२ लाख ११ हजार ७ सय ६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै आज नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाको ७ औ नगरसभा पानसमा दिप प्रज्ज्वलन गर्दै नगरप्रमुख रेशम थापाले विधिवत उद्घाटन गर्नु भएको थियो । नगर उपप्रमुख खडानन्द बेल्बासेले भूमिकास्थान नगरपालिकाकोे आगामी आ.ब.२०७७/०७८ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०७७, आगामी आ.ब.२०७७/०७८ को बर्षिक बजेट र विनियोजन विधेयक, २०७७ प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत विधेयकहरु सर्बसम्मतले ऐनको रुपमा पारित भएको र आ.ब.२०७७/०७८ को नीति तथा कार्यक्रमको साथै आगामी आ.ब.२०७७/०७८ को बर्षिक बजेट समेत सर्ब सम्मतले पारित भएको नगर प्रमुख रेशम थापाले घोषणा गर्नुभयो ।

त्यसै गरि प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले भूमिकास्थान नगरपालिकाको आ.ब.०७६/०७७ को प्रगति विवरण र कोरोना कोभिड–१९ खातामा प्राप्त रकमको विस्तृत आय ब्यय विवरण समेत प्रस्तुत गर्नुभयो । सिंगो नगरपालिका र वडा तर्फ वडा नं.१ देखि १० सम्म गरी पूर्वाधारतर्फ कुल ६० वटा र कार्यक्रमतर्फ १८ वटा गरी जम्मा ७८ वटा विकास निर्माणका योजना बनाई बिकास निर्माणका काम अगाडि बढाइने भएको छ । खुद्रे र बजेट खर्च भई नतिजा नदेखिने खालका योजनाहरुलाई भने नगरपालिकाले निरुत्साहित गर्ने भएको छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी र लक्षित वर्गमा नगरपालिकाले विगतमा जस्तै उल्लेख्य बजेट विनियोजन गरी प्राथमिकता प्रदान गरेको छ ।

नगरपालिकाले अहिले विश्वमै महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस (कोभिड–१९) रोगबाट नगरपालिकालाई सुरक्षित राख्न आ.ब.२०७७/०७८ का लागि एक करोड बजेट विनियोजन गरेको छ । त्यसैैगरी प्रशासनिक खर्चतर्फ रु.८ करोड ११ लाख, सामाजिक सुरक्षा तर्फ रु.१२ करोड र विपद ब्यबस्थापन तर्फ रु.१० लाख रकम विनियोजन गरेको छ । भूमिकास्थान नगरपालिकाको ७ औं नगर सभालाई भब्य, सभ्य र सानदार ढङ्गबाट सु–सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नगर उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी नगरसभा सभासदहरु सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र सम्पूर्ण वडा सदस्यहरु को साथै नगरसभा सम्पन्न गर्न अहोरात्र खट्ने नगरपालिकाका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु सबैमा नगर प्रमुख रेशम थापाले विशेष धन्यवाद व्यक्त गर्नु भएको शेषकान्त घिमिरेले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.