अर्घाखाँची जिल्ला अदालतद्धारा न्यायिक समितीको अनुगमन


श्याम घिमिरे
अर्घाखाँची, १७ असार-
अर्घाखाँची जिल्ला अदालतले जिल्लाका स्थानिय तहमा रहेका न्यायिक समितीले गरेको काम कारवाहीको बारेमा अनुगमन गरीरहेकोे छ । सोही क्रममा अदालतले मंगलवार सन्धिखर्क नगरपालीकामा रहेको न्यायीक समितिको कामकारवाहीको बारेमा अनुगमन गरेको हो । अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको नेतृत्वमा श्रेस्तेदार महेश खनाल, तहसिल्दार अनन्तराज मरासिनी, सुचना अधिकारी टेकराज गैरे लगायतले समितिको अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा सन्धिखर्क नगरपालिका न्यायीक समितीका संयोजक एवं नगर उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिकामा न्यायीक समितीले गरेका कामकारवाहीको बारेमा अदातललाई जानकारी गराउनुभएको हो । नगरपालिकामा दर्ता भएका १३ मुद्दामध्ये छलफलबाट मिलापत्र भएका ५ थान मुद्दा, कानुनी प्रक्रिया गरी न्यायीक समितीबाट मिलापत्र भएका १ थान मुद्दा, कानुनी प्रक्रियाबाट टुंगाएको ३ थान मुद्दा गरी जम्मा ९ थान मुद्दा चालु आ.व.मा फछर््यौट भएको जनाईएको छ । जसमध्ये ४ थान मुद्दा भने विचाराधिन अवस्थामा रहेको उपप्रमुख विकले जानकारी दिनुभयोे । अनुगमनमा न्यायीक समितीका संयोजक बिक सहित वडा नं. ७ का वडाअध्यक्ष तथा न्यायीक समितीका सदस्य पृतम थापा, आशा परियार लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.