सलह भगाउन कृषकहरु थाल ठटाउँदै आगो बाल्दै


श्याम घिमिरे
असार १७ अर्घाखाँची-
शनिबार मात्रै नेपाल प्रवेश गरेको सलह किरा अर्घाखाँचीमा पनि आईपुगेको छ । जिल्लाका ६ वटै स्थानिय तहमा सलह देखिएको छ । सलहले आकाश ढाकेपछि स्थानीयहरु आगो बालेर थाल ठटाउँदै सलह धपाउन लागिपरीरहेका छन् । गाउँभरी सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कृषकहरु कसरी खेतीबाली जोगाउ सकिन्छ भनेर चिन्तित समेत बनेका छन् । बारीमा भएको मकैभरि सलहले ढाकेको मालारानी ९ का कृषक दधिराम घिमिरेले बताउनुभयो । हुर्कदै गरेको बाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्तामा आफुहरु रहेको उहाँको भनाई रहेको छ ।

यसैबिच जिल्लाका केही क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख दिबेशकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रले सलह नियन्त्रणकालागी सबै स्थानिय तहहरुसंग समन्वय भएकोपनि बताउनु भयो । उहाँले प्रत्येक पालीकामा कृषि प्राबिधिकहरु रहेकोले आबश्यक परामर्शकोलागी पालीकामा रहेका कृषि प्राबिधिकसंग समन्वय गर्न पनि आग्रह गर्नुभयो ।

मिश्रले सलह कीरा देखिएमा धुवाँ लगाउने, थाल ठटाउने र अन्य ध्वनिको प्रयोग गर्ने लगायतका बिधिहरु अपनाएर सलहलार्ई बालिनालीमा बास बस्न बाट रोकथाम गर्न सकिने भन्दै कृषकलाई यो बिधि अपनाउन आग्रह गर्नुभएको छ । यस्तै ज्ञानकेन्द्रले हतासमा आत्तिनुभन्दा धैर्यपूर्वक रहन र सम्पूर्ण एग्रोभेट तथा कृषक समुह सहकारीलाई क्लोरिफाईरिफस, डेल्टामेथ्रिन, मालाथिन, ल्याम्डा साईहेलोथ्रिन लगायतका विषादिको स्टक राख्न समेत अनुरोध गरेको छ ।

उता सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय यसअघि गरी सकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.