राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो, आ–आफ्नो लाइन क्लियर गर्नुस् : प्रधानमन्त्री

असार २१,काठमाण्डौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा राज्य मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीले साँझ सङ्घीय सरकारका मन्त्री र राज्यमन्त्रीसँग भेट गर्नुभएको हो । पार्टीभित्रको विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

मन्त्रिपरिषद्का सदस्यहरुसँग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको पछिल्लो विवादबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले एकता गम्भीर मोडमा पुगेको कुरा राखेको र आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेको कुरा दोहोराउँदै अहिले आफूलाई घेराबन्दीमा पारेको बताउनुभएको छलफलमा सहभागी एक मन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले अब जे पनि हुनसक्ने सङ्केत गर्दै सबैलाई जो जताको पक्षमा हुनुहुन्छ त्यता नै रहन सुझाव दिएको पनि उहाँले बताउनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने र आफूलाई पदबाट हटाउने तयारी भइरहेको समेत बताउनुभयो । उहाँले आफ्नो प्रधानमन्त्रीको पक्षमा जाने कि ? विपक्षमा बस्ने भन्नेबारे लाइन क्लियर गर्न पनि मन्त्रीहरुलाई आग्रह गर्नुभएको बुझिएको छ । प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग एक घण्टाभन्दा धेरै समय छलफल गर्नुभएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.