कैलालीमा ओली र प्रचण्डका कार्यकर्ताबीच कुटाकुट

असार २३ कैलाली – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा समूहबीच कुटाकुट भएको छ । सोमबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच कुटाकुट भएको हो । सोमबार साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थन गर्दै कार्यक्रम आयोजना गरेको थियो । त्यही क्रममा दुवै पक्षबीच भएको विवाद चुलिँदा हात हालाहालसम्मको अवस्थामा पुगेको थियो ।

स्थानीयका अनुसार ओली पक्षले ‘हामीलाई प्रचण्डको एक एक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि विवाद सुरु भएको थियो । सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट मानिँदै आएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै भाषण गरेका थिए । लगत्तै बोल्न माइक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए । त्यसपछि प्रचण्ड निकटका केही युवाहरु खड्कामाथि खनिएका थिए । झडप सुरु भएपछि प्रहरीको टोलीले विवाद साम्य पारेको थियो ।  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.