बाढी पहिरो अपडेट : २४ जनाको ज्यान गयो, ३७ जना बेपत्ता

असार २६, काठमाण्डौ – लगातारको वर्षाकाे कारण देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार देशका विभिन्न ठाउँमा शुक्रबारमात्रै बाढी र पहिरोमा परि २४ जनाको ज्यान गएको र ३७ जना हराइरहेका छन् । 

पहिरोमा परि कास्कीका विभिन्न ठाउँमा गरी सात जनाको ज्यान गएको र आठ जना घाइते भएकाे प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले ज्यान गुमाउनेको परिवारलाई एक लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

यस्तै म्याग्दीको विभिन्न ठाउँमा गरी तीन जनाको ज्यान गएको छ भने ३१ जना हराइरहेका प्रहरीले जनाएको छ । 

जाजरकोटको बारेकोट गाउँपालिका ४ मा पहिरोले घर बगाउँदा सात जनाको ज्यान गएको छ भने पाँच जना हराइरहेका छन् । बारेकोटकै धुमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ, एक जना हराइरहेका छन् । 

यस्तै लमजुङमा तीन जना, रुकुम पश्चिममा दुई जना र गुल्मीमा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । विपद् भएका ठाउँमा उद्धार तथा खोजीको काम भइरहेको सरकारले जनाएको छ । 

सिन्धुपाल्चोकमा बिहीबार बाढी र पहिरोमा परी हराइरहेका २१ जनाको शुक्रबार पनि खोजी भइरहेको छ । 

यसैबीच अहिले पनि देशका सबैजसो ठाउँमा मौसम बदली हुनुको साथै धेरै ठाउँमा हलुकादेखि सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

गण्डकी प्रदेशमा भने धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले यही बिहीबारदेखि सक्रिय मनसुन आउँदाे सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको महाशाखाले जनाएको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.