ए ! भानु म अब के माँनू ?

विष्णु घर्ती ‘भनभनेली’


नबुझ्ने, नजान्नेलाई हुँदो हो कामै नपाँको “आखाको आँनू”
अति चिन्ता पीर मात्रै बोकी हिड्ने सधै के नै पो छ र खानू
उजागर विकृतिहरुको गर्दै गर्दा लाग्छ, गयो कि कसैको गानू
दुई सय सात वर्ष पहिलेका आदिकवि ए ! भानु अब म के माँनू ?


ब्रगेल्ती रुपमा उम्रेका अनगिन्ति जिज्ञाशालाई कसरी म छाँनू ?
खास साहित्यलाई प्यारो गर्ने कुन मनु हो भनेर कसरी म जाँनू ?
लाग्छ कहिले त देख्दा उरण्ठेउलाहरुलाई दाल झाने झैं झाँनू
कुवा खनाउँने, घाँसीको अर्ति मान्ने ए ! भानु अब म के माँनू ?


सबै नै ज्यादै असल, सबै नै खराब, के यस्तै हो र ! भन्ने ठाँनू ?
योग्यलाई आँखा तर्दै, आफ्नालाई बोलाउँदै, भन्छन् नि ए ! नानू
हुन पाए पनि हुन्थ्यो राज हाँसले जस्तै मैले नि दुधलाई मात्र ताँनू
चुदी, रम्घा, तनहूँका ए ! भानु यो समाजमा अब म के माँनू ?


सिर्जना हेर्दा हेर्दै र साहित्य ओढ्दा ओढ्दै चुहिरह्यो खरको छानू
घरबारे, सामाजिक प्राणी, मन न हो, बहलाउने म कसरी धाँनू ?
रातारात आकाश छुने महललाई पीपल चौतारीमा कि म बाँनू ?
जगतकै प्रिय रामायणका रचयिता ए ! भानु अब म के माँनू ?


फुच्चे भए पनि कृति राख्ने गरौं मरेर छ र आखिर के लाँनू ?
“खैके होला” भन्ने होईन, शुरु गरौ आफैंले भएर के भो र सानू
देख्दा सम्मान सुकर्मको, भन्नु नपरोस् है कहिल्यै हिर्काएर हानू
विकृति, विसंगति विरुद्धका आदि रानू ए ! भानु अब म के मानू ?

२०७७ आषाढ २९

लेखक: मालारानी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हुनुहुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.