अर्घाखाँचीमा स्कार्पियो दुर्घटना एकको मृत्यु,एक घाईत


श्याम घिमिरे
साउन ३ अर्घाखाँची-
काठमाडौबाट अर्घाखाँचीको सन्धिखर्क तर्फ आउदै गरेको बा १५ च २७०६ नम्बरको स्कार्पियो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रकाश खत्रिले जानकारी दिनुभएको छ ।

जिल्लाको शितगंगा नगरपालीका वडानम्वर ३ को ठाडा दह र सितापुरको बीचमा पर्ने रिपाहाको जंगलमा आज साँझ करीब ६ः४० बजे स्कार्पियो जिप दुर्घटनामा हुँदा एकजनाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा ज्यान गएको छ भने गम्भीर घाईते भएका गाडीचालक काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडानम्वर – १३ का २३ वर्षीय लिला तामाङको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि बुटबल पठाउने तयारी भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय अर्घाखाँचीका नारायण पराजुलीले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएकाको भने परिचय खुल्न सकेको छैन ।

यसैबीच नयाँ बाटो र ड्राईभरसँग बाटाको बारेमा जानकारी नभएको तथा ओरालोबाटोमा   तिब्रगतिका कारण गाडी चिप्लिदा दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान गरीएको प्रहरीले जनाएको छ । गाडी सडक देखि अन्दाजी ६ सय मिटर तल खसेको जनाईएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.