अर्घाखाँचीका आईसोेलेशनमा ३ जना मात्रै,३१९ जना डिस्चार्ज


श्याम घिमिरे साउन ७ अर्घाखाँची-
अर्घाखाँचीका ३२५ जना कोरोना संक्रमित मध्ये बुधवारसम्म ३१९ जना डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको संख्या ३१९ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०४ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २७ जना गरि ३१९ जना डिस्चार्ज भएका छन भने भुमिकास्थानका २ जना र छत्रदेव गाउँपालिकाका १ जना गरी जम्मा ३ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । जिल्लामा हालसम्म भुमिकास्थान, शितगंगा र मालारानीका १÷१ जना गरी ३ जनाको ज्यान गईसकेको छ ।

जिल्लामा हालसम्म सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६५ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यसैबिच बुधवार दिउँसो ३ बजेसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ३१० जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको भएपनि पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा संन्धिखर्क नगरपालीकामा ९ जना, शितगंगा नगरपालीकामा ६ जना र भुमिकास्थानमा १६ जना गरी जम्मा ३१ जना बिभिन्न क्वरेन्टीनमा भित्रिएका छन् भने शितगंगा नगरपालीकाको क्वरेन्टीनबाट ३ मात्रै डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यसैबिच लकडाउन खुलेसंगै जिल्ला सदरमुकाम सन्धिखर्क लगायतका स्थानहरुमा थप चहलपहल बढेको छ । चहलपहल संगै कोरोनाबाट बच्न थप सर्तकता अपनाउनुपर्ने देखिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.