अर्घाखाँचीमा ३२० जना कोरोना संक्रमितहरु डिस्चार्ज, आईसोलेशनमा २ जना मात्रै


श्याम घिमिरे
साउन ९ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल २ जना मात्रै आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय २५ सम्म पुगेको थियो । जसमध्ये ३२० जना संक्रमितहरु कोरोनामुक्त भएर घर फर्केको र हाल २ जना मात्रै आइसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कोरोना संक्रमितमध्ये आइसोलेशनमा रहेकाहरुमा भुमिकास्थान नगरपालीकाका १ जना र छत्रदेव गाउँपालीकाका १ जना गरी जम्मा २ जना रहेका छन् । अन्य पालिकाका संक्रमितहरु भने कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेशनमा बसेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण नगरी घर पठाउने गरिएको छ । जिल्लामा कोरोनाबाट भने ३ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा शितगंगा, भुमिकास्थान, र मालारानीका १÷१ जना रहेकाछन ।

हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०५ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २७ जना गरि ३२० जना डिस्चार्ज भएका छन । अर्घाखाँचीमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६५ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यसैबिच सुक्रवार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा २४१ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा संन्धिखर्क नगरपालीकामा २ जना र शितगंगा नगरपालीकामा १ जना गरी जम्मा ३ जनामात्रै क्वरेन्टीनमा भित्रिएका छन् यस्तै सन्धिखर्क नगरपालीबाट १६ जना शितगंगाबाट ४ जना र भुमिकास्थानबाट २३ जना गरी जम्मा ४३ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.