२६औं महाधिवेशनतर्फ पत्रकार महासंघ, राष्ट्रिय भेला भदौ २ र ३ गते हेटौडामा

साउन ९काठमाडौं । नेपाल पत्रकार महासंघ २६औं महाधिवेशनतर्फ उन्मुख भएको छ । आगामी भदौ २ र ३ गते हेटौडामा राष्ट्रिय भेलाको आयोजना गरी २६औं महाधिवेशनको मिति तय गरिने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको १०औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै महासचिव विष्टले २०७७ बैशाखमा तय भएको राष्ट्रिय भेला कोरोना महामारीका कारण स्थगित भएको र त्यसले महासंघको सांगठानिक गतिविधि पनि प्रभावित भएको उल्लेख गर्नुभएको छ । महासचिव विष्टले २६औं महाधिवेशनको मिति तय गर्नसमेत कठिनाई उत्पन्न हुँदा राष्ट्रिय भेलाको मिति तय गरिएको जनाइएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७७ साउन ८ गते बसेको महासंघ केन्द्रीय समितिको दसौं पूर्ण बैठकले महासंघको सांगठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर लगायतका विविध विषयमा छलफल गरी देहायबमोजिमको निर्णय गरेको छ ।

१) कोरोना महामारीका कारण २०७७ वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगित भएको सन्दर्भमा महासंघको सांगठनिक गतिविधि प्रभावित भई २६औं महाधिवेशनको मिति तय गर्न समेत कठिनाई उत्पन्न भएकाले ती गतिविधिहरुका बारेमा निर्णय लिन आगामी भदौ २–३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरियो ।

२) लकडाउनका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको महासंघको नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय भयो ।

३) कोरोना महामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्काशन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासंघले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त बनाई परिणाममुखी बनाउने निर्णय भयो । यस्तै निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्जरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहहरुलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गर्ने निर्णय पनि भएको छ ।

४) कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासंघको मिसन सबै प्रदेशहरुमा परिचालित हुने निर्णय गरिएको छ ।

५) महासंघले स्थापना गरेको १ करोड रुपैयाँ बराबरको आपतकालीन कोषमा महासंघ केन्द्रका तर्फबाट रु. ३० लाख र महासंघ बेलायत शाखाबाट रु. २० लाख जम्मा भइसकेकाले यस कोषमा स्वैच्छिक योगदान गर्न चाहने महासंघका शाखाहरु र सरोकारवालाहरुलाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आव्हान गर्ने निर्णय गरियो ।

६) महासंघले लोककल्याणकारी विज्ञापनवापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय भएको छ ।

७) गत वर्ष भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकारसँग माग गर्ने निर्णय बैठकले लिएको छ ।

रमेश विष्ट
महासचिव

source:pahilopage.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.