अर्घाखाँचीमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय २६ पुग्यो, ३२० जना संक्रमित डिस्चार्ज


श्याम घिमिरे
साउन ११ अर्घाखाँची-

अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । आईतवार शितगंगा नगरपालीकाका एकजनामा कोरोना संक्रमण देखिएकोे छ । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय २६ पुगेको छ ।
जसमा सन्धिखर्क नगरपालीकामा ४३ जना, शितगंगा नगरपालीकामा ६६ जना, भुमिकास्थान नगरपालिकामा १०७ जना ,मालारानि गाउँपालीकामा ६८ जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३ सय २६ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यता जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल शितगंगा नगरपालीकाका र भुमिकास्थान नगरपालीकाका १/१ जना गरी २ जना मात्रै संक्रमितहरु आइसोलेसनमा रहेका छन् । ३२६ जना संक्रमितमध्ये ३२१ जना संक्रमितहरु कोरोनामुक्त भएर घर फर्केको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभयो ।

हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०५ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२१ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका, र मालारानी गाउँपालीकाका १÷१ जना गरी ३ जनाको मृत्यु भैसकेको छ ।

अन्य पालिकाका संक्रमितहरु भने कोरोना मुक्त भएर डिस्चार्ज भईसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार आइसोलेशनमा बसेको १४ दिनसम्म पनि कोरोना संक्रमणको कुनै लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण नगरी घर पठाउने गरिएको छ ।

यसैबिच आईतवार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा १९१ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा कुनैपनि क्वरेन्टीनमा व्यक्तिहरु भित्रिएका छैनन् भने शितगंगा नगरपालीबाबाट १४ जना , भुमिकास्थान नगरपालीकाबाट १ जना र मालारानी गाउँपालीकाबाट ६ जना गरी जम्मा २१ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५ हजार १ सय ३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत तेस्रो मुलकबाट आएकाहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.