अर्घाखाँचीमा एकजना मात्रै कोरोना संक्रमित आइसोलेशनमा


श्याम घिमिरे
साउन १४ अर्घाखाँची-

अर्घाखाँचीमा अब एक जना मात्रै कोरोना संक्रमित आइसोलेशनमा रहेका छन । पछिल्लो समय भुमिकास्थान नगरपालीकाको आईसोलेशनबाट एकजना डिस्चार्ज भएसंगै जिल्लामा अहिले एकजनामात्रै कोरोना संक्रमित आईसोलेशनमा रहेका छन । हालसम्म ३ सय २६ जना संक्रमित भएको जिल्लामा अहिले भने एक जना मात्रै संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । हाल शितगंगा नगरपालीकामा एक जना मात्रै संक्रमित आइसोलेशनमा रहेका छन् । ३२६ जना संक्रमितमध्ये ३२२ जना कोरोनामुक्त भएर घर फर्केको प्रशासनले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म सन्धिखर्क नगरपालिकाका ४३ जना, शितगंगा नगरपालिकाका ६४ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२२ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमणका कारण शितगंगा, भुमिकास्थान र मालारानीका १/१ जना गरी ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच बुधवार दिउँसो सम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा १३८ जना व्यक्तिहरु रहेका छन् । गत जेठ महिनासम्म क्वरेन्टीनमा बस्नेको संख्या ६ हजार भन्दा माथी पुगेको भएपनि पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेको संख्या कमी भएको र दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि भएकोले क्वरेन्टीनमा बस्नेको संख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाको क्वरेन्टीनमा ४ जना व्यक्तिमात्र भित्रिएका छन भने सन्धिखर्क नगरपालीकाबाट १ जना शितगंगा नगरपालीकाबाट २ जना,भुमिकास्थान नगरपालीकाबाट ९ जना गरी जम्मा १२ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनबाट डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यता पिसीआर परीक्षणकोलागी पठाइएका स्वाब मध्ये अब ३२ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.