आजदेखि सवारीसाधनमा जोरबिजोर, राति हिँडडुलमा रोक ,संक्रमित क्षेत्रमा राति गाडी चलाउन निषेध

साउन २२, २०७७ काठमाडौं : कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। गृह मन्त्रालयको निर्णयानुसार काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा बिहीबारदेखि जोरबिजोर प्रणाली लागु गरिएको हो।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाका अनुसार अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो। कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।  यसअघि चैत ११ देखि लागू गरेको लकडाउन साउन ६ गते मध्यरातदेखि हटेसँगै मन्त्रिपरिषद्को निर्णयबाट सवारीसाधनमा जोरबिजोर प्रणाली पनि खारेज भएको थियो। सरकारले गत असारमा लकडाउन खुकुलो गर्ने क्रममा उपत्यकामा जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय लिएको थियो। 

लकडाउन हटेसँगै देशभर कोरोना फेरि फैलिन थालेको छ। काठमाडौं उपत्यकामा पनि दिनको ५० देखि ६० जनाका दरले संक्रमित भेटिन थालेका छन्। यस्तोमा सरकारले सडकको भीड कम गर्ने रणनीति अनुसार फेरि जोरबिजोर नियम ल्याएको हो।  सरकारले लामो दूरीका सवारीसाधन अझै खोलेको छैन। सरकारले काठमाडौंमा होटल रेस्टुरेन्टहरु पनि खोल्न दिएको छ। तर होटल रेस्टुरेन्टहरुले सुरक्षा मापदण्ड पूरा नगर्दा कोरोना फैलिन सघाउ पुगेको सरकारको निचोड छ। जोरबिजोर लाउन स्वास्थ्य मन्त्रालयले एक साताअघि सिफारिस गरेको थियो। 


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.