२४ बर्षिय धनचौरका मृगौला पिडित गैरेको परिवारद्धारा सहयोगको याचना

गोपाल प्रसाद भट्टराई
साउन–२४,अर्घाखाँची –
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका १० धनचौरका मृगौला पिडित सन्तोष गैरेले सहयोगको याचना गर्नुभएको छ । भुमिकास्थान १० धनचौर डडुवाका २४ वर्षिय गैरेका दुबै मृगौलाले काम गर्न छाडेपछि गौतम बुद्ध सामुदायिक मुटु अस्पत्ताल बुटवलमा उपचाररत हुनुहुन्छ । मृगौला प्रत्यारोपण सम्मको उपचारका लागि करिब १२/१३ लाख खर्च लाग्ने र उहाँको परिवारमा आर्थिक अवस्था दयानीय भएकोले सन्तोष तथा परिवारले सहयोगका लागी सार्वजनिक अपिल गर्नुभएको हो । कलिलो उमेरमै छोराको स्वास्थ्य खतरामा परेपछि सन्तोषको आमा कमलाले आफ्नै एउटा मृगौला दिने निधो गरिसक्नुभएको छ ।

मृगौला आमाले दिने भएपनि अहिले डायलोसिस तथा प्रत्यारोपण सम्म र त्यसपछि पनि गर्नुपर्ने उपचारमा निकै धेरै रकम लाग्ने र उक्त रकम जुटाउन आफुहरुको पहुँचले नभेट्ने भएसँगै सहयोगको याचना गर्नुपरेको आमा कमला गैरेले बताउनुभएको छ । आर्थिक अवस्था न्युन भएका उहाँका बुवा नेत्र प्रसाद गैरेले आफ्ना तिन छोरी र सन्तोष एक मात्रै छोरा भएको र कमाउने भएको छोरो नै बिरामी भएपछि आफु निकै दुःखी भएको बताउनुभएको छ । यसैविच कलिलो उमेरमै प्राणघातक रोग लागेपछि युवकका आफन्त र गाउँलेहरुबिच सम्पन्न एक भेलाले ”“सन्तोष बचाऔं अभियान नै चलाएर सहयोग उठाउने निष्कर्ष निकालेको छ ।

धनचौरमा जन्म लिइ बिभिन्न क्षेत्रमा बस्ने ब्यक्ति,संघ संस्था तथा सरोकारवालासंग सहयोग रकम संकलन गर्न सहज होस् भन्ने हेतुले भुमिकास्थान १० धनचौर स्वास्थ्यचौकीका अ.हे.ब.तिलकराम भट्टराईको संयोजकत्वमा जनक गैरे सह–संयोजक रहेको ७ सदस्यिय सहयोग संकलन समन्वय समिति गठन गरेको त्यहाँबाट रबिन वि.क.ले जानकारी दिनुभएको छ ।

भारतमा गएर काम गर्दै परिवारको दैनिकै चलाउँदै आउनुभएका नेत्र प्रसाद गैरेको आम्दानीको अन्य श्रोत नभएको र छोरा सन्तोषको बुटवलमा महंगोमा उपचार गर्नु पर्ने भएकोले सरकार तथा आम नागरिकसंग सहयोगको अपेक्षा गरिएको परिवार स्रोतले जनाएको छ । २४ बर्षिय युवक सन्तोषको स्वास्थ्य बचाउन सहयोग गर्न चाहनुहुने आम महानुभावले ९८५७०६१०८९,९८५७०६६४४८ र ९८४७३६१७०५ मा सम्पर्क गरि रकम जम्मा गर्न सकिने समन्वय समिति संयोजक तिलकराम भट्टराईले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.