अर्घाखाचीमा तपाईको मास्क खै ? अभियान शुरु, माक्स नलगाउने ८८ जनालाई जरीवाना


श्याम घिमिरे
साउन २५ अर्घाखाँची-

अर्घाखाँची जिल्लामा तपाईको मास्क खै ? अभियान शुरु भएको छ । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरिकहरुलार्ई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै ? अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिम भईरहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको बुढाथोकीले बताउनुभयो ।

सुक्रवार सन्धिखर्क बजारमा मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई जिल्ला प्रशासनले निशुल्क मास्क समेत वितरण गरेको थियो भने जिल्ला प्रहरी कार्यालयको सक्रियतामा सन्धिखर्क र चुत्रावेसी बजारमा मास्क लगाउन आग्रह गर्दै चेतनामुलक कार्यक्रम स्वरुप माईकिङ् गर्ने , मास्क नलगाएका व्यक्तिलाई सम्झाउने, बुझाउने लगायतका कामहरु पनि गर्दै आएको छ ।

अभियान अन्तर्गत हाल सम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङघन गर्ने ८८ जनालाई प्रति व्यक्ति रु १ सयका दरले जरीवाना गरिएको र ४३०८ जनालाई स्वास्थ्य सुरक्षा सम्बन्धी प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो ।

अब अर्घाखाँची जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई प्रशासनले कारबाहि गर्ने छ । लकडाउन खुल्ला भयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनुभयो । नागरिकहरु आफै सचेत बन्नुपर्ने बताउँदै प्रजिअ पौडेलले भिडभाड नगर्न , बजारहरुमा निस्कदा मास्क लगाउन आग्रह गर्नुभएको छ ।

अवदेखि घरबाहीर निस्कदा र भिडभाडमा मास्क नलगाई हिँड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना समेत तिराउने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.