रुसले बनाएकाे कोरोना विरुद्धको खोपकाे विश्वसनीयतामा विश्व स्वास्थ्य संगठनले उठायाे प्रश्न

साउन २८,काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले रुसले विकसित गरेको कोरोना विरुद्धको खोपमा प्रश्न उठाएको छ । रुसले विकसित गरेको खोपबारे जानकारी नभएकाले मूल्याङकन गर्न नसक्ने डब्लूएचओले जनाएको हो । डब्लूएचओका जरबास बारबोसाले कोरोना विरुद्धको खोप बनाउने जो कोहीले पनि डब्लूएचओले सिफारिस गरेको नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । यो नियमले कोरोना विरुद्ध बनाइएको भनिएको खोप सुरक्षित रहने पनि उहाँको दाबी छ ।

गएको हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना विरुद्धको खोप बनाउन अन्तराष्ट्रिय मापदण्ड पालना गर्न आग्रह गरेको थियो । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप अबको दुई महिनाभित्र धेरै मानिसलाई दिने तयारी भएको बताउनुभएको छ । आफ्नो छोरीलाई पनि खोप दिइएको जानकारी दिँदै उहाँले कोरोना विरुद्ध रुसले तयार गरेको खोपको सबै परीक्षण सकिएको दाबी गर्नुभयो ।

कोरोना विरुद्धको खोप स्वीकृत गर्ने रुस पहिलो राष्ट्र बनेको छ । तर वैज्ञानिकले भने तेस्रो पटकसम्म परीक्षण नगरी खोप स्वीकृत गरेको भन्दै विश्वसनीयतामा प्रश्न उठाएका छन् । विश्व स्वास्थ्य संगठनले तीन चरणमा परीक्षण गरिएको ६ वटा खोपको सूची तयार गरेको छ । त्यो सूचीमा रुसले विकास गरेको खोप समावेश छैन ।

विश्वभर अहिले सय भन्दा धेरै खोप पहिलो चरणको परीक्षणमा रहे पनि सन् २०२१ अघि कोरोना विरुद्धको खोप आउनेमा धेरैले शंका व्यक्त गरेका बीबीसीले जनाएको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.