बझाङ पहिरो अपडेट : बेपत्ता दुई बालकको शव भेटियो

भदौ ३, बझाङ-बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ५ मा पहिरोले घर बगाउँदा हराएका दुई जना बालकको शव भेटिएको छ । गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा हराइरहेका उहाँका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप ओखेडाको शव भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर घाइते भएकी पिपलासहित उहाँको १६ वर्षीय छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएकाे प्रहरीले जानकारी दिएको छ ।पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ताअघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.