अर्घाखाँचीमा थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४४ पुग्यो


श्याम घिमिरे
भदौ ७ अर्घाखाँची-

अर्घाखाँचीमा आईतबार थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत दुई जनासहित १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ कार्यालय अर्घाखाँचीले जनाएको छ । केही दिनअघि उनीहरुको स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको थियो । उनिहरुमध्ये सन्धिखर्क नगरपालीकामा ६ जना,भुमिकास्थान नगरपालीकामा ५ जना र मालारानि गाउँपालीकामा २ जना गरी जम्मा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३४४ पुगेको छ ।

हालसम्म सन्धिखर्क नगरपालीकामा ५० जना, शितगंगा नगरपालीकामा ६८ जना, भुमिकास्थान नगरपालिकामा ११४ जना ,मालारानी गाउँपालीकामा ७० जना, पाणिनी गाउँपालिकामा १४ जना र छत्रदेब गाउँपालीकामा २८ जना गरी ३४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये हालसम्म ३२४ जना निको भएर घर फर्किएका छन् । जसमा सन्धिखर्क नगरपालिकाका ४४ जना, शितगंगा नगरपालिकाका ६५ जना , भुमिकास्थान नगरपालीकाका १०६ जना,मालारानी गाउँपालीकाका ६७ जना, पाणिनी गाउँपालिकाका १४ जना र छत्रदेव गाउँपालिकाका २८ जना गरि ३२४ जना डिस्चार्ज भएको प्रशासनले जनाएको छ ।

हाल सन्धिखर्क नगरपालीकामा ६ जना,शितगंगामा २ जना,भुमिकास्थान नगरपालीकामा ७ जना र मालारानिमा २ जना गरी जम्मा १७ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । कोरोना संक्रमणका कारण शितगंगा नगरपालीका, भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकाका १÷१ जना गरी जम्मा ३ जनाको मृत्यु भैसकेको छ ।

यसैबिच आज दिउँसोसम्म ९३ जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शिगगंगा नगरपालीकाको क्वरेन्टीनबाट २५ जना डिस्चार्ज भएका छन । अर्घाखाँचीका ६ वटा स्थानिय सरकारले २ सय ४३ स्थानमा ५१०३ वटा बेड सहितको क्वरेन्टीन स्थापना गरि भारत लगायत अन्य मुलकबाट आएका व्यक्तिहरुलाई क्वरेन्टीनमा राख्ने गरेका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.