चीनमा परीक्षण भइरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकियो

भदौ १२, काठमाण्डाै – चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ । 

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ । 

कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो । 

कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ । 

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो । 

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । 

एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा दुई लाख ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने झण्डै छ हजारको ज्यान गएको छ । 

अमेरिका, ब्राजिल र भारतमा नयाँ संक्रमण र ज्यान गुमाउने दर दुबै बढिरहेको छ । source:ujyaaloo

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.