अर्घाखाँचीमा सोमवार १२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किए ।


श्याम घिमिरे
भदौ २२ अर्घाखाँची-

अर्घाखाँचीमा एकैदिन १२ जनाले कोरोना भाईरस संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । जिल्लाको सन्धिखर्क नगरपालीकाका बिभिन्न आईसोलेशनमा रहेका १२ जनाले सोमबार एकैदिन कोरोनालाई जितेर घरफर्किएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस संगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३४४ पुगेको छ । हालसम्म सन्धिखर्क नगरपालीकाबाट ५६ जना, ,शितगंगा नगरपालीकाबाट ६६ जना ,भुमिकास्थान नगरपालीकाबाट ११३ जना, मालारानी गाउँपालीकाबाट ६७ जना, पाणिनि गाउँपालीकाबाट १४ जना र छत्रदेब गाउँपालीकाबाट २८ जना गरी जम्मा ३४४ जना डिस्चार्ज भएका छन ।

अहिले जिल्लाका बिभिन्न आईसोलेशनमा २० जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा १२ जना, ,शितगंगा नगरपालीकामा ३ जना ,भुमिकास्थान नगरपालीकामा ३ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा २० जना संक्रमितहरु आईसोलेशनमा रहेका छन । जिल्लामा हालसम्म ३६७ जना संक्रमित भएका छन भने संक्रमणका कारण ३ जनाको ज्यान गईसकेको छ ।

यसैबिच आज दिउँसोसम्म १ सय जना व्यक्तिहरु जिल्लाका बिभिन्न क्वरेन्टीनमा रहेका छन् । पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीकामा १९ जना र भुमिकास्थान नगरपालीकामा ४ जना गरी जम्मा २३ जना बिभिन्न क्वरेन्टीनमा थपिएका छन भने सन्धिखर्क नगरपालीकाका बिभिन्न क्वरेन्टीनबाट ११ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.