अर्घाखाँचीमा थप एकजना कोरोना संक्रमितको मृत्यु,मृतको संख्या ४ पुग्यो

श्याम घिमिरे, भदौ २३ अर्घाखाँची –
अर्घाखाँचीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडानं.१२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान मृत्यु भएको हो । गत साउन २७ गते अर्घाखाँचीको जगतमा टिप्पर दुर्घटनामा घाइते भएका उनमा कोरोना संक्रमण देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो । घाइते उनलाई उपचारका लागि भदौ ४ गते युनिभर्सल मेडिकल कलेज भैरहवा भर्ना गरिएको थियो । उनको भोलिपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । थप उपचारका लागि उनलाई साउन ११ गते नेपालगंज मेडिकल कलेज कोहलपुरमा लगिएको थियो । सिभियर निमोनिया रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएपनि एक्कासी स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान उनको मृत्यु भएको हो । मृतक टिप्पर चालक हुन् । यो सँगै अर्घाखाँचीमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि शितगंगा नगरपालीका,भुमिकास्थान नगरपालीका र मालारानी गाउँपालीकामा १/१ जना गरी ३ जनाको ज्यान गइसकेको छ ।

यसैबिच अर्घाखाँची जिल्लामा कोरोना संक्रमितको संख्या ३६७ यथावत रहेको छ । संक्रमित मध्ये मंगलवार दिउँसोसम्म ३४४ जना संक्रमणमुक्त भएका छन भने जिल्लाका बिभिन्न आइसोलेसनमा १९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन् । जसमा सन्धिखर्क नगरपालीकामा १२ जना ,शितगंगा नगरपालीकामा २ जना ,भुमिकास्थान नगरपालीकामा ३ जना र मालारानी गाउँपालीकामा २ जना गरी जम्मा १९ संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यता आज दिउँसोसम्म जिल्लाका बिभिन्न क्वरेन्टीनमा ११० जना व्यक्तिहरु रहेका छन् । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १ जना,शितगंगा नगरपालीकामा ३ जना र भुमिकास्थान नगरपालीकामा ६ जना गरी जम्मा १० जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा थपिएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.