अर्घाखाँचीमा हालसम्म ३९ सय ८२ जनाको स्वाब संकलन, ४६१ जनाको रिपोट पोजेटिभ,बिहिबार अर्घाखाँची अस्पतालका ३ जना चिकित्सक सहित २१ जनामा कोरोना संक्रमण ।

श्याम घिमिरे
असोज २२ अर्घाखाँची –

अर्घाखाँची अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी सहित बिहिवार अर्घाखाँचीमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरीएको परीक्षणमा अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित २ जना नर्स, २ जना पारामेडिसिन, ३ जना सहयोगी स्वास्थ्यकर्मी र अस्पताल कर्मचारीका परिवार लगायत २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी एवं कोरोना फोकल पर्सन बिजय बिकले जानकारी दिनुभयो ।

गत सोमवार अस्पतालकै डाक्टर जगदिश शर्मा सहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँची अस्पताल भित्रका चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणकोलागी भैरहवा पठाईएको थियो । सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको थियो ।

यसैबिच बिहिवार पुष्टी भएका २१ जना संक्रमित सहित जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४६१ पुगेको छ । कुल संक्रमितमध्ये २० जना भने व्यक्तिगत रुपमा चेक गराउदा रिपोट पोजेटिभ आएको सुचना अधिकारी बिकले जानकारी दिनुभयो । संक्रमितमध्ये हालसम्म ३९९ जनाले कोरोनालाई जितेर घरफर्किएका छन अहिले जिल्लामा ४१ जना सक्रिय संक्रमितहरु होम आईसोलेशनमा उपचाररत रहेको जनाईएको छ । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ४ जनाको ज्यान गईसकेको छ ।

यता आजसम्म जिल्लाभरबाट ३९ सय ८२ जनाको स्वाब संकलन गरीएको छ । जसमा ४६१ जनाको रिपोट पोजेटिभ आएको छ भने ३४ सय ३२ जनाको रिपोट नेगेटिभ आएको जनाईएको छ । अब १०६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सुचना अधिकारी बिकले बताउनुभयो । जसमा शितगंगा नगरपालीकाबाट संकलन गरीएका ८ जना, सन्धिखर्क नगरपालीकाबाट संकलन गरीएका २२ जना र स्वास्थ्य कार्यालय अर्घाखाँचीबाट संकलन गरीएका ७६ जनाको रिपोट आउन बाँकी रहेको बिकले बताउनुभयोे ।

जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर तिव्र गतिमा बृद्धि हुदै गएसंगै स्थीति जटिलतर्फ जान थालेको भन्दै सर्तक र सजक हुन अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जिल्लावासीलाई आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.