पिसीआर परीक्षणकोलागी नेशनल प्याथ ल्याबले सन्धिखर्कमा स्वाब संकलन गर्ने

श्याम घिमिरे
मंसीर,४ अर्घाखाँची –
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेकोे नेशनल प्याथ ल्याबले पिसीआर परिक्षणकालागी स्वाब संकलन गर्ने भएको छ । सन्धिखर्क नगरपालीका १ को मेनरोडमा रहेको नेशनल प्याथ ल्याबले सन्धिखर्क नगरपालीका र जिल्ला जनस्वाथ्य कार्यालय अर्घाखाँचीको अनुमतिमा यही मंसीर ५ गते (भोली) बाट प्रत्येक दिन बिहान १० बजे देखी दिउँसो ३ बजेसम्म सन्धिखर्कको टुडिखेलमा स्वाब संकलन गरीने नेशनल प्याथ ल्याब सन्धिखर्कका प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो ।

कोरोना परिक्षणकोलागी सरकारले निजी अस्पताल तथा प्रयोगशालाहरुलाई अनुमती दिएसंगै ल्याबले स्वाब दिएको २४ घण्टा भित्रै रिपोर्ट आउने गरि स्वाब संकलन सुरु गरेको पोख्रेलले बताउनुभयो । नेपाल सरकारले निर्धारण गरेकै शुल्कमा पिसीआर परिक्षण हुने पनि पोख्रेलले जानकारी दिनुभयो । यसैबिच स्वाब संकलनसंगै कोरोना रिपोर्टकोलागी हप्तौं सम्म कुर्नुपर्ने अवस्थाको अन्त्यहुने बिस्वास गरीएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.