Author Archives: Sandhikharka FM

प्रधानमन्त्री र मन्त्रीहरुकाे दशैँ भत्ता काेराेना काेषमा

कात्तिक ४,काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले दशैँ भत्ताबापत प्राप्त रकम कोरोना कोषमा राख्ने निर्णय भएको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा साेमबार प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यहरूले यस वर्षको दशैँ भत्ताबापत आएको रकम कोरोना कोषमा राख्ने निर्णय भएको जानकारी दिनुभयो । मन्त्री गुरुङले सङ्घीय सरकारले

Read more

क-कसले गर्न पाउँछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार ?

कात्तिक ४,काठमाडौं : सरकारले कोरोनाको नि:शुल्क परीक्षण र उपचार गर्नुपर्ने वर्ग र समूह निर्धारण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्नेहरु बारेको परिपत्र देशभरका सबै अस्पताल र प्रयोगशालालाई पठाएको छ। सरकारले तय गरेको नयाँ मापदण्ड अनुसार कोरोनाको नि:शुल्क परीक्षण र उपचार सबैले पाउने छैनन्।  मन्त्रिपरिषद्को यही असोज १९ गतेको निर्णयानुसार विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपांगता

Read more

विश्वभर कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

 कात्तिक ४,काठमाण्डौ – विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार

Read more

सीडीओ र सुरक्षा प्रमुखले जिल्ला छाड्न नपाउने, हरसम्भव कदम चाल्न गृहको निर्देशन

कात्तिक ४ ,काठमाण्डौ – गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय अपनाउन पनि

Read more

धनगढीमा असई मृत फेला, तस्करसँग भिडन्त भएको आशंका

 कात्तिक २, कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडामा अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत भेटिएका छन् । हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्द बिकको शव आज बिहान सीमानाकामा मोहना नदीमा भेटिएको हो । बिकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद भने सम्पर्कविहीन हुनुहुन्छ । चौकीबाट मोटरसाइकलमा राति साढे आठ बजेतिर गस्तीमा निस्किएका दुवै जना साढे १० बजेदेखि सम्पर्कविहीन भएका प्रहरीले जनाएको

Read more
« Older Entries Recent Entries »