Category Archives: गृहपृष्ठ

आज पनि केही ठाउँमा ठूलो वर्षा

असार २९,काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । स्याङ्जाको आँधीखोला, बाँधखोला लगायत साना नदीमा आकश्मि बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै नवलपरासीको डण्डा, कावासोती र आसपासका साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ

Read more

म्याग्दी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, मराङमा १९ जनाको सामूहिक अन्त्येष्टि

असार २९, २०७७ सोमबार म्याग्दी – अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव

Read more

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

असार २९,काठमाण्डाै – आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ । उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै

Read more

ए ! भानु म अब के माँनू ?

विष्णु घर्ती ‘भनभनेली’ – नबुझ्ने, नजान्नेलाई हुँदो हो कामै नपाँको “आखाको आँनू” अति चिन्ता पीर मात्रै बोकी हिड्ने सधै के नै पो छ र खानूउजागर विकृतिहरुको गर्दै गर्दा लाग्छ, गयो कि कसैको गानू दुई सय सात वर्ष पहिलेका आदिकवि ए ! भानु अब म के माँनू ? ब्रगेल्ती रुपमा उम्रेका अनगिन्ति जिज्ञाशालाई कसरी म छाँनू ? खास साहित्यलाई प्यारो गर्ने

Read more

सलहको अर्को झुण्ड नेपालमा, प्युठान र अर्घाखाँचीमा क्षति गर्न सक्ने

असार २८, काठमाण्डौ – सलहको अर्को झुण्ड पनि नेपाल प्रवेश गरेको छ । बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।  बिहान केहीबेर घाम लागेको बेला नेपालतर्फ प्रवेश गरेको सलहको झुण्ड दाङमा स्थानीयबासीन्दाले

Read more
« Older Entries