Category Archives: राष्ट्रिय समाचार

सात वटै प्रदेशमा पुग्यो कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री

चैत १७, २०७६ सोमबार काठमाण्डौ – सरकारले कोभिड-१९ नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु गरेको छ ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ । कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा

Read more

नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भेटियो

 चैत १५, २०७६ शनिबार-काठमाण्डौ – नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यसअघि एक जना निको भइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ । source:ujyaaloonline

Read more

चौथो सङ्क्रमित भेटिएपछि उच्च सावधानी अपनाउन सरकारको आग्रह

चैत १५, २०७६ शनिबार काठमाण्डौ – धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा हिजो कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित

Read more

निजी अस्पतालले कोरोनाका शंकास्पद बिरामीको उपचार नगरेपछि अनुगमन समिति – बिरामीको उपचारदेखि अस्पतालको अवस्था पनि हेरिने

चैत १२, २०७६ काठमाडौं : कोभिड-१९ का शंकास्पद बिरामीको उपचारका लागि निजी अस्पताल तयार नभएपछि सरकारले अनुगमन समिति बनाएको छ। कोरोना भाइरसका शंकास्पद बीरामीलाई निजी अस्पतालले भर्ना लिएर उपचार गर्न तयार नभएको अवस्थामा स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले अनुगमन समिति बनाएको हो।  अनुगमन तथा व्यवस्थापनका लागि मन्त्रालयका सचिव यादव कोइरालाको संयोजकत्वमा एक समिति गठन गरिएको हो। सचिव यादव कोइरालाको संयोजकत्वमा

Read more

नेपालमा कोरोना संक्रमित तेस्रो बिरामी भेटिए

चैत १२, २०७६ काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्‍या तीन पुगेको छ। आज कोरोना भाइरसबाट संक्रमित थप नयाँ एकजना बिरामी भेटिएपछि संक्रमितको संख्‍या तीन पुगको हो। उनको परीक्षण गर्न टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएको हो। उनको नाम र ठेगाना गोप्‍य राखिएको छ। यसबारे केहीबेरमा स्वास्थ्‍य मन्त्रालयले औपचारिक जानकारी गराउने बताइएको छ। नेपालमा अहिलेसम्म ६८७

Read more
« Older Entries