Category Archives: राष्ट्रिय समाचार

आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत हुने

जेठ १५, काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ ।अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नुहुनेछ । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित

Read more

आज १३ ‌औं गणतन्त्र दिवस, गणतन्त्र दिवस : २ सय ४१ जनाको कैद तथा सजाय मिनाहा

जेठ १५, २०७७ काठमाडौं :  आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै छ।  संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ। आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो। गृहमन्त्रालयले तीन दिन

Read more

कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गयो

जेठ १५, काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ । कलेजोको रोगका कारण किस्ट अस्पताल ललितपुरमा भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको हो । उहाँको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले उहाँको रिपोर्ट कोरोना पोजेटिभ आएको उज्यालोलाई जानकारी दिनुभयो

Read more

कोरोना सङ्क्रमतिमध्ये १५५ जना उपचारपछि निको

जेठ १२,काठमाण्डौ – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक सय ५५ जना उपचारपछि निको भएका छन् । साेमबार बेलुका वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ४३ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक सय ५५ पुगेको हो  । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले आज ४३ जना कोरोनामुक्त भएपछि नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएको बताउनुभयो । यसअघि साेमबार बिहान वीरगञ्जको नारायणी

Read more

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६८२ पुग्याे, ११२ जना निकाे

जेठ १२, काठमाण्डाै – नेपालमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ६ सय ८२ पुगेकाे छ । साेमबार दिउँसाे थप सात जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार सेती अस्पतालकाे प्रयाेगशाला भेरी अस्पताल र नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा सङ्क्रमण देखिएकाे हाे ।  मन्त्रालयका अनुसार अछामका एक, बर्दियाका तीन, बाराका

Read more
« Older Entries Recent Entries »